
काठमाडौं, पुस २७ । पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती मनाउन पुगेकाहरुमाथि प्रहरीले धरपकड गरेको छ ।
काठमाडौं, सिंहदरबार अगाडी रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसहित कार्यक्रम गर्न पुगेकाहरुमाथि प्रहरीले धरपकड गरेको हो ।

प्रहरी धरपकडमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर जबरासहितका जुलुसका सहभागिहरु परेका छन् ।
दिवस मनाउन पुगेकाहरुले निकालेको र्यालीका सहभागिहरु भद्रकालीबाट सिंहदरबार पश्चिम गेटतर्फ अघि बढ्दा सडक पूरै छेकेपछि प्रहरीले पेटीबाट हिड्न गरेको आग्रह नमान्दा धकेलाधकेल भएको हो ।
र्यालीमा सहभागीले प्रहरीले ज्यादती गरेको भन्दै नाराबाजी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्