गंगामायाको जीवन बचाउन माग गर्दै धर्ना, २१ दिनदेखि अनशनरत अधिकारीको स्वास्थ्य अवस्था गम्भीर • Image Khabar Image Khabar


गंगामायाको जीवन बचाउन माग गर्दै धर्ना, २१ दिनदेखि अनशनरत अधिकारीको स्वास्थ्य अवस्था गम्भीर


Imagekhabar
२७ पुष २०७७, सोमबार १४:३५

save gangamaya life protest

काठमाडौं, पुस २७ । आफ्ना छोराका हत्यारालाई कार्वाहीको माग राखेर लामो समयदेखि संघर्षतरत गोर्खा फुजेलकी गंगामाया अधिकारीको पछिल्लो आमशरण अनशन २१ दिन पुगेको छ ।

तीन साता लामो आमरण अनशनका कारण अधिकारीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएको छ भने औषधिसम्म पनि नखाँदा समस्या बढेको छ ।

गंगामायाको जीवन बचाउन माग गर्दै धर्ना, २१ दिनदेखि अनशनरत अधिकारीको स्वास्थ्य अवस्था गम्भीर

तत्कालीन माओवादीले २०६१ साल जेठको २४ गते आफ्ना मावली हजुरबा हजुरआमा भेट्न चितवन आएका बेला अधिकारीका १६ वर्षीय छोरा कृण्णप्रसाद अधिकारीको पाशवीक ढंगले हत्या गरेको थियो ।

हत्यामा संलग्नहरुबारे किटनी जाहेरी दिँदा पनि न्याय नपाएपछि गंगामाअधिकारी र उहाँका पति नन्दप्रसाद अधिकारीले पटक पटक आमशरण अनशनलगायतका संघर्ष गर्नुभयो ।

तर राज्यले उहाँहरुलाई न्याय त दिएन उल्टै, छोराको हत्यारालाई कानूनी कारवाहीको माग गर्दागर्दै गंगामायाका पति नन्दप्रसादले २०७१ असोज ६ गते अनशनको ३३४ औं दिनका दिन वीर अस्पतालमै प्राण त्यागे ।

आफ्ना छोराका हत्याराका साथै पतिलाई अनशनमै मर्न विवश बनाउने राज्यका पदाधिकारीहरुलाई समेत कार्वाहीको माग गर्दै गंगामाया अधिकारी अहिले बाह्रौं पटक आमरण अनशनमा बसेको पनि २१ दिन भइसकेको छ ।

यसअघिका पटक पटकका आमरण अनशनमा छोरा कृष्णप्रसादका हत्यारालाई कार्वाही गर्ने आश्वासन दिँदै राज्यका पदाधिकारीहरुले गंगामायाको अनशन रोकाएका थिए ।

तर कसै गर्दा पनि न्याय नपाएपछि १२ औं पटक आमरण अनशनमा बस्नुभएका उहाँले अहिले अत्यावश्यकीय औषधिसमेत सेवन नगर्दा स्वास्थ्य अवस्था जटिल बनेको हो ।

प्रतिक्रिया दिनुहोस्