२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


काठमाडौंमा भूकम्पको परकम्प महशूस


0
Shares

काठमाडौं, पुस २७ । काठमाडौंमा भूकम्पको परकम्प गएको छ । काठमाडौंको कुलेश्वर केन्द्रबिन्दु भएर ३ दशमलव १ रेक्टर स्केलको परकम्प गएको हो ।

सोमबार दिउँसो २ बजेर ३२ मिनेटमा ३ दशमलव १ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

परकम्पको धक्का कुलेश्वरसहित आसपास र ललितपुरका केही क्षेत्रमा महशूस गरिएको थियो ।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दू भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पको परकम्प अझै पनि गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।