६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


किम जोङ महासचिवमा चयन


0
Shares

काठमाडौं, पुस २७ । उत्तर कोरियाको वर्कर्स पार्टीको महाधिवेशनले किम जोङ उनलाई महासचिवमा चयन गरेको छ ।

प्योङयाङमा भएको महाधिवेशनले पार्टीको विधान परिवर्तन गर्दै महासचिव प्रणाली लागू गरी किमलाई महासचिवमा निर्वाचित गरेको हो ।

परिवर्तित विधानमा महासचिव पार्टीको प्रमुख हुने र सम्पूर्ण पार्टी सञ्चालन गर्ने उल्लेख छ ।

पार्टीले केन्द्रीकृत र एकात्मक नेतृत्वलाई चयन गरेको छ ।

गत मंगलवार देखि उत्तर कोरियाको वर्कर्स पार्टीको ८ औं महाधिवेशन राजधानी प्योङयाङमा चलिरहेको छ । (एजेन्सी)