
काठमाडौं, पुस २७ । सोमबार शेयर बजार सामान्य अंकले सकारात्मक रह्यो ।
उतार चढावबीच बजार परिसूचक नेप्से करिब ४ अंकले सकारात्मक रहेर २२ सय ३९ को उचाईमा पुग्यो ।
कारोवार पनि साढें पाँच अर्ब माथी रह्यो ।
यसदिन बिमा कम्पनीको शेयरमा लगानीकर्ता झुम्मिदा निर्जिवन बिमा १ सय ७६ अंकले र जिवन बिमा समूह पनि १ सय ६१ अंकले उकालो लागे ।
बैंक, विकास बैक, जलविद्युत, वित्त समुह सामान्य अंकले सकारात्मक रहे ।
व्यापार, होटल, उत्पादनमूलक, लघुवित्त र अन्य समुहमा सामान्य अंकको गिरावट आयो ।
यस दिन ७९ कम्पनीको शेयर मुल्यमा बृद्धि हुदा ७८ कम्पनीको मुल्यमा गिरावट आएको छ ।
१९ कम्पनीको मुल्य भने स्थीर रह्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय ८ कम्पनीको १ करोड ३५ लाख बढी कित्ता शेयर ५ अर्ब ५२ करोड बढीमा कारोवार भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्