१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पल्सर स्पोर्टस अवार्डको तयारी पूरा


0
Shares

काठमाडौं, पुस २७ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा मंगलबार हुने पल्सर स्पोर्टस् अवार्डको तयारी पूरा भएको छ ।

आयोजकले स्थापनाको २५ औं वर्ष पुगेको अवसरमा रजत महोत्सव मनाउने क्रममा मंगलबार भब्य रुपमा अवार्ड कार्यक्रम गरिने जनाएको छ ।

कोरोना भाइरसको महामारीबीच सहज नभएको भए पनि घरेलु भूमिमा आयोजित नेपाली खेलाडीका लागि महाकुम्भ १३औं दक्षिण एसियाली खेलकुद (साग) मा प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्न पनि स्पोर्ट्स अवार्ड आयोजना गर्नुको विकल्प नभएको मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिनुभएको छ ।

यस वर्ष पल्सर स्पोर्ट्स अवार्ड विभिन्न १० विधामा प्रदान हुनेछ ।

पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेकी छन् ।

वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् ।

अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी र डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

अवार्ड कार्यक्रम सेमिभर्चुअल माध्यमबाट मनाइने जनाइएको छ ।

अवार्ड कार्यक्रमको इमेज च्यानलले पनि प्रत्यक्ष प्रशारण गर्दैछ ।