
ललितपुर, भदौं ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले कृष्ण मन्दिर पुगेर पूजा आराधना गरेकी छिन् ।
श्रीकृष्णजन्माष्टमीको अवसरमा शुक्रवार राष्ट्रपति भण्डारी ललितपुरको पाटन दरवार स्क्वायरस्थित कृष्ण मन्दिर पुगेर पूजा आराधना गरेकी हुन् ।
त्यसक्रममा मन्दिरका पुजारीले राष्ट्रपतिलाई फूल प्रसाद दिएका थिए ।
पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा वर्षेनी कृष्णजन्माष्टमीका दिन विशेष मेला लाग्ने गर्दछ । शुक्रवार दिनभर मन्दिरमा पूजा आराधना गर्नेहरुको भीड लागेको थियो ।
प्रतिक्रिया दिनुहोस्