
काठमाडौं, पुस २८ । काठमाडौंमा मोटरसाइकल चोरी गर्ने २ जनाल पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटका २७ वर्षिय विजय तामाङ्ग र १८ वर्षिय आइतराज तामाङ्ग छन् ।
नागढुङ्गाबाट एक थान १५० सीसीको पल्सर मोटर्साइकल सहित महानगरीय ट्राफिक प्रहरी महाशाबाट खटिएका सादा पोसाकका प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
फेला परेको मोटरसाइकल र पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त कीर्तिपुर पठाइएको महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्