
काठमाडौं, पुस २८ । संचारमन्त्री पार्वत गुरुङले अहिलेको समाचारले सामाजिक द्वन्द्व बढाउन थालेको भन्दै सचेत भएर कार्यसम्पादन गर्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ ।
मन्त्रालयमा मंगलबार पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाका प्रतिनिधि सँगको भेटमा उहाँले अहिले भैरहेको पत्रकारिताले समाजमा द्वन्द्व बढाउन थालेको भन्दै चिन्ता ब्यक्त गर्नुभयो ।
मन्त्री गुरुङले समाचारको माध्यमबाट समाज रुपान्तरण र द्वन्द्व ब्यबस्थापन गर्न सकिने भए पनि अहिले उल्टो पत्रकारिता भैरहेको बताउनुभयो ।
अहिले पत्रकार देख्ने बित्तिकै डराउनुपर्ने अवस्था रहेको उहाँको टिप्पणी थियो ।
सरकारले राम्रो काम गरेपनि बिरोध नै गर्नु पर्ने भन्दै पत्रकारिता पेशाको सम्मानको लागि सच्चिनु पर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।
राम्रो कामको प्रतिपक्ष दलले पनि प्रशंसा गर्ने गरेको भए पनि संचार जगत किन पूर्वाग्रही भएको भन्दै आश्चर्य ब्यक्त गर्नुभयो ।
काठमाडौं शाखाले विभिन्न माग समेटेको १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो ।
प्रतिक्रिया दिनुहोस्