
काभ्रे, पुस २८ । अरनिको राजमार्ग अन्तर्गत विभिन्न स्थानमा सडक जीर्ण बन्दै गएपछि सवारी दुर्घटनाको जोखिम बढेको छ ।
वर्षायाममा पहिरो गएको स्थानमा मर्मत नहुँनुका साथै सडकका खाल्डा नपुरिँदा जोखिम बढेको हो ।
धुलिलखेल नगरपालिकाको ल्याण्डफिल्ड साइट नजिकै वर्षायाममा भत्किएको सडक महिनौं हुँदा समेत मर्मत हुन सकेको छैन ।
जसका कारण यात्रुहरु जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् ।
अरनिको राजमार्ग भएर दैनिक सयौं गाडी ओहोर–दोहोर गर्छन् ।
चालकले खाल्डा छलाउन खोज्दा पनि दुर्घटना हुने गरेको छ ।
कम गुणस्तरीय सामाग्री प्रयोग गरेर सडक मर्मत गर्ने तथा सवारी साधनले पनि क्षमता भन्दा बढी लोड बोक्ने गरेका कारण मर्मत गरिएको केहि समयमै सडक विग्रने गरेको स्थानीयको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्