
काठमाडौं, पुस २८ । नेपाल राष्ट्र बैंकले गत असारको तुलनामा कात्र्तिक मंसिरमा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको जनाएको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको कोभिडले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदन अनुसार मंसिरसम्म ५४ प्रतिशत उद्योग सञ्चालनमा आएका छन् ।
प्रतिवेदन अनुसार अझै सम्म पनि ९.१ प्रतिशत उद्योग भने सञ्चालनमा आउन सकेका छैनन् ।
गत असारमा जम्मा ४ प्रतिशत उद्योग व्यवसाय पुर्ण रुपमा सञ्चालनमा आएका थिए ।
कोभिडपूर्वको तुलनामा गत असारमा २८.७७ प्रतिशत मात्र रहेको उत्पादन मंसिरसम्म ५०.५१ प्रतिशत पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
नेपाल राष्ट्र बंंैकले गत कात्तिक १३ गतेदेखी मंसिर २४ गतेसम्म गरेको अध्ययन अनुसार सबै प्रकारका उद्योग व्यवसायको सञ्चालन अवस्थामा सुधार देखाईएको छ ।
यस्तै यसै अवधिमा रोजगारीको अवस्थामा समेत सुधारआई ७७ प्रतिशत बाट ८७ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ ।
तर मझौला उद्योगमा भने रोजगारीको दर घटेको प्रतिवेदनमा उल्लेख छ ।
६ सय ४ जना व्यवसायीमा गरेको सर्वेक्षण अनुसार सबै व्यवसायीले सहुलियत ऋण प्राप्त गरेको नेपाल राष्ट्र बैंकले दाबी समेत गरेको छ ।
यस अवधीमा उद्योग व्यवसायहरुले बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च धान्न कठिनाइ भएको तथा थप कर्जा प्राप्त गर्न कठिनाइ भएको जस्ता समस्याहरु देखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यद्यपी कोभिड पुर्वका अवस्थामा भने कुनैपनि उद्योग सञ्चालनमा आउन नसकेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्