
काठमाडौं, पुस २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षधर विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध गरेको छ ।
बुधबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल पक्षिय विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध संविधान वाचन कार्यक्रम गर्दै प्रधानमन्त्री ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध गरेको हो ।
संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको कुनै अधिकार नदिएको भन्दै उनीहरुले असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री ओलीलाई धेरैदिन बालुवाटार बस्ने अधिकार नभएको बताए ।
अनेरास्ववियूले प्रतिनिधिसभा विघटनको विरुद्धमा निरन्तर विरोधका कार्यक्रम गर्दै आएको छ ।
असंवैधानिक कदम नसच्चिएसम्म विरोधका कार्यक्रम जारी रहने अनेरास्ववियूले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्