२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


देशमा रक्तपात हुने खतरा : सुजाता कोइराला


0
Shares

काठमाडौं, पुस २९ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले प्रतिनिधिसभा पुर्नस्थापना नगरि चुनावमा जान खोजेमा देशमा रक्तपात हुने खतरा औल्याउनुभएको छ ।

बुधार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस नेतृ कोइरालाले देशमा रक्तपात हुनबाट जोगाउन प्रतिनिधिसभा पुर्नस्थापनाको विकल्प नभएको बताउनुभयो ।

सभापति शेरबहादुर देउवाले आफैँले ल्याएको संविधान र संसदको विपक्षमा बोलेकोप्रति आपत्ती जनाउँदै उहाँले देउवाको पछिल्ला गतिविधिमाथि केन्द्रीय कमिटिको बैठकमा कुरा उठ्ने पनि बताउनुभयो ।

प्रनिनिधिसभा बिना देश अगाडी बढ्न खोजे अर्को दुर्घटना हुने भन्दै उहाँले संविधानलाई ट्रयाकमा ल्याउन जरुरी भएको बताउनुभयो ।