
काठमाडौं, पुस २९ । झण्डै ७० वर्षपछि अमेरिकामा पहिलो पटक एक महिलालाई मृत्युदण्डको सजायँ दिइएको छ ।
एक गर्भवती आमालाई हत्या गरेको अभियोगमा जेल सजायँ भोगिरहेकी ५२ वर्षीया लिसा मन्टगमेरीलाई अमेरिकी संघीय कानुन बमोजिम घातक सूई लगाएर मृत्युदण्ड दिइएको अमेरिकी न्याय विभागले जनाएको छ ।
मन्टगमेरीले सन् २००४ मा गर्भमा रहेको शिशु चोर्नका लागि २३ वर्षीया बबी जो स्टिनेटको पेट चिरेर हत्या गरेकी थिइन् ।
अमेरिकी सर्वोच्च अदालतले मन्टगमेरीलाई मृत्युदण्ड दिनेसम्बन्धी आदेश जारी गरेको केही घण्टापछि नै उनलाई मृत्युदण्ड दिइएको हो ।
ती महिलालाई इन्डियाना राज्यको टेरी हट कारागारमा राखिएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गम्भीर अपराधमा संलग्नलाई संघीय कानुन बमोजिम मृत्युदण्ड दिनेगरी कार्यकारी आदेश जारी गर्नुभएको थियाे ।
प्रतिक्रिया दिनुहोस्