
काठमाडौं, पुस २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै समूहले आधिकारिकताका लागि निर्वाचन आयोगमा जवाफपत्र पेश गरेका छन् ।
आयोगले पछिल्लो पटक दिएको ७ दिनको समयावधिको अन्तिम दिन नेकपाका केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेताहरु छुट्टाछुट्टै निर्वाचन आयोग पुगेर आफू आधिकारिक भएको दाबी गर्दै कागजातसहित जवाफ पेश गरेका हुन् ।
प्रतिनिधी सभा विघटनसंगै राजनीतिक रुपमा विभाजन भएको नेकपाका दुवै समूहले आधिकारीकताका लागि यसअघि नै निवेदन दिए पनि निर्वाचन आयोगले थप स्पष्ट जवाफ माग गरेपछि पुनःजवाफपत्र पेश गरेका हुन् ।
निर्वाचन आयोगले पुस २३ गते आधिकारिकताका लागि स्पष्ट कागजात नआएको भन्दै आवश्यक सुधारसहितको कागजात र पत्र एकसाताभित्र पठाउन दुवै समुहलाई पत्र पठाएको थियो ।
प्रतिक्रिया दिनुहोस्