२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सवारी चालक अनुमतिपत्रको परिक्षामा ६० नम्बर ल्याए पुग्ने


78
Shares

दीपक श्रेष्ठ (इमेज)
काठमाडौं, पुस २९ । यातायत व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि लिइने प्रयोगात्मक परीक्षा प्रणालीमा नै त्रुटी भएको निष्कर्ष निकालेको छ ।

त्रुटिपूर्ण परीक्षाका कारण लिखित परीक्षा उत्तिर्ण गरेका ७५ प्रतिशत परीक्षार्थी प्रयोगात्मकमा फेल हुने गरेको विभागले जनाएको छ ।

जसका कारण लाइसेन्सको क्षेत्रमा बिचौलियाको बिगबिगी बढेको विभागले निष्कर्ष निकालेको छ ।

जसको अन्त्यका लागि सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा प्रणाली परिवर्तन गर्ने विभागको तयारी छ ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) मा आम नागरिकको सहज सहभागिता बढाउन र यो क्षेत्रमा देखिएका विकृतीलाई हटाउन भन्दै सरकारले सवारी चालक अनुमति पत्रको मापदण्ड परिवर्तन गर्ने भएको छ ।

सेवाग्राहीले नियमानुसार नै परीक्षा दिएर सवारी साधन अनुमति पत्र लिन सकुन र नियम बिपरित बिचौलियाबाट लाइसेन्स लिने प्रवृती रोकियोस भनेर सरकारले सवारी चालक अनुमतिपत्रको मापदण्ड परिवर्तन गर्ने तयारी गरेको यातायत ब्यवस्था बिभागले जनाएको छ ।

तत्काल सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षाको निर्देशिका परिवर्तन गर्न लागिएको विभागका प्रवक्ता डाक्टर लोकनाथ भुसालले बताउनुभयो ।

अहिलेको मापदण्डअनुसार सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा २५ प्रतिशत मात्र पास हुने गरेका छन् ।

सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा फेल हुनेको सङ्ख्या धेरै हुँदा त्यसले विभिन्न किसिमका विकृति देखापरेको भन्दै विभागले मापदण्ड परिवर्तनको काम गरिरहेको जनाएको छ ।

अहिले सवारी चालक अनुमति पत्रका लिखित परीक्षामा उत्तिर्ण भएका ७५ प्रतिशत परीक्षार्थी प्रयोगात्मक परीक्षामा असफल हुने गरेका छन् ।

प्रयोगात्मक परीक्षामा राखेका हरेक प्यारामिटर पार गरेपछि मात्र अहिले सवारी चालक अनुमति पत्र हात पर्छ ।

विभागले परिवर्तन गर्न लागेको मापदण्डमा प्रयोगात्मक परीक्षालाई सहज बनाउने बताएको छ ।

परिवर्तन गरिएको मापदण्ड अनुसार प्रयोगात्मक परीक्षामा पनि हरेक प्यारामिटरको नम्बरिङ गर्ने र सबै नम्बर जोडदा ६० नम्बर आयो भने पास हुने ब्यवस्था गर्न लागिएको विभागले जनाएको छ ।

आउन लागेको नयाँ मापदण्डले लाइसेन्समा बढदो बिचौलिया प्रवृत्ति कम हुने विभागको विश्वास छ ।

परिवर्तन गरिएको मापदण्डलाई आउँदो फागुनबाट कार्यानवयनमा ल्याउने विभागले तयारी गरेको छ ।

भिडियो हेर्नुहोस्

भिडियो : राजेन्द्र नापित