
झापा, पुस २९ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीलाई जोगाई राख्ने भए पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएको अभियोग पत्र फिर्ता लिनुपर्ने र निर्वाचनलाई स्वीकार गर्नु पर्ने बताउनुभएको छ ।
झापाको बिर्तामोडमा बुधबार नेकपा झापाद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्वोधन गर्नुहुँदै उहाँले नेपाल कम्युनिष्ट पार्टी र सूर्य चिन्ह केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको हुने दावी समेत गर्नुभयो ।
पार्टी एकताका लागि अध्यक्ष ओलीले धेरै सम्झौता गरेपनि प्रचण्ड र नेपालले धोका दिएको नेता पोखरेलको आरोप छ ।
नेकपा नेतृत्वको सरकार विरुद्ध आफ्नै पार्टीका नेताहरु लागेपछि पार्टीको किचलो मिलाउन प्रधानमन्त्री व्यस्त हुनु परेको नेता पोखरेलले बताउनुभयो ।
महाधिवेशन मार्फत नेतृत्व टुङ्ग्याउने सहमति अनुसार पार्टी एकता गरिएपनि दाहाल र नेपाल समूहले आफू अनुकुल स्वार्थ केन्द्रीत राजनीति गरेका कारण पार्टीले अफ्ठ्यारो स्थितिको सामना गर्नुपरेको उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्