२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बंगलादेशबाट आउने रासायनीक मलको अझैं टुङगो लागेन, किसान मारमा


0
Shares

नारायणी लामिछाने (इमेज)
काठमाडौं, पुस २९ । स्वदेशी कम्पनीले मल ल्याउन नसक्ने भएपछि सरकारले बंगलादेशबाट ५० हजार मेट्रिक टन मल जी टु जी प्रक्रियामार्फत ल्याउन गत पौष ३ गते बंगलादेश सरकारसँग सम्झौता गरेको थियो ।

सम्झौतापछि पुस मसान्तमै मल ल्याउने दाबी कृषि सामाग्री कम्पनीको थियो ।

तर सरकारले ल्याउने भनिएको रसायनीक मल कहिले आइपुग्छ भन्ने टुङगो अझै लाग्न सकेको छैन ।

अनुभव नभए पनि ठेक्का पाएका स्वदेशी ठेकेदार कम्पनीले मल ल्याउन नसकेपछि सरकारी प्रक्रियामार्फत नै ल्याउने भनिएको थियो ।

गत भदौमा प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशबाट पैँचोमा मल ल्याउने सहमती पनि गर्नुभयो ।

तर आफुहरुको कानुनमै त्यस्तो व्यवस्था नभएको भन्दै केही समयपछि बंगलादेश पन्छियो ।

त्यसपछि कृषि सामाग्री कम्पनी लिमिटेडले बंगलादेशसँग जीटुजी प्रक्रियामार्फत मल ल्याउने सम्झौता गर्यो ।

कम्पनीले नेपालका तर्फबाट एलसी खोलिसकेको छ ।

एलसी खोलिएको १५ दिनभित्रै मल ल्याउने कम्पनीले दाबी गरे पनि समय अझै लम्बिएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेल मल कहिलेसम्म आइपुग्छ भनेर अझै टुंगो नलागेको बताउनुहुन्छ ।

बंगलादेश सरकारले बंगलादेशकै नीजि कम्पनीसँग मल खरिद गरेर नेपाललाई सरकारलाई पठाउने हो ।

कुनै कम्पनी छनोट भइ सो कम्पनीे मल आपूर्तिका लागि तयार भएपछि बंगलादेशले नेपाललाई पत्राचार गर्नु पर्नेमा अहिलेसम्म कुनै जानकारी आएको छैन ।

सरकारी लापरबाहीले किसानहरु बर्खेसँगै हिउँदेबालीमा पनि मल हाल्न पाएनन् ।

कृषि सामग्री कम्पनीले मलको अभाव नहुने दाबी गरे पनि मलको हाहाकार भने वर्षेनी भइरहेको छ ।

एकातिर क्षमता र अनुभव नै नभएका कम्पनीलाई ठेक्का दिने त कहिले सरकारी तयारीको अभावको मारमा भने कृषकहरु परिरहेका छन् ।

भिडियो हेर्नुहोस्

भिडियो : भरत केसी