१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


निर्वाचन भए ओली पराजित : भट्टराई


0
Shares

पोखरा, पुस २९ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानलाई नै धरासायी बनाएको आरोप लगाउनुभएको छ ।

पोखरामा जनता समाजवादी पार्टीले आयोजना कार्यक्रममा उहाँले ओलीले प्रतिनिधिसभा विघटन गरेर असम्बैधानीक कदम उठाएको आरोप लगाउनुभयो ।

भट्टराईले निर्वाचन भई हालेमा ओली हार्ने दाबी गर्नुभयो । उहाँले अदालतबाट कस्तो फैसला हुन्छ भन्नेमा भर गरेर बस्न नहुने भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाएर कारवाही भए जस्तै जनताले पनि ओलीलाई कारवाही गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमा जनता समाजवादी पार्टीका नेता अशोककुमार राईले प्रतिनिधिसभा विघटन हुनु दुर्भाग्य भएको बताउनुभयो ।

जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारी सदस्य शरदसिंह भण्डारीले लोकतन्त्रको रक्षाका लागि जनता समाजवादी पार्टीको काँधमा जिम्मेवारी आएको बताउनुभयो ।