२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


शेयरमा पुनः ऐतिहासिक रेकर्ड


0
Shares

काठमाडौं, पुस २९ । शेयर बजारमा बुधबार पुनः ऐतिहासिक रेकर्ड कायम भयो ।

उतारचढाव बिच बजार परिसुचक नेप्से १८ अंकले उकालो लागेर २२ सय ८६ बिन्दुमा पुग्यो ।

यो हालसम्म कै उच्च बिन्दु हो । यसदिन अधिकाशं समुहमा सुधार आएसँगै नेप्से पनि सुधारिएको हो ।

उत्पादनमुलक समुह सबैभन्दा उच्च २ सय ४२ अंकले उकालो लाग्दा जीवन बिमा समुह पनि १ सय ६९ अंक र निर्जिवन बिमा समुह १ सय ११ अंकले उकालो लागे ।

विकास बैंक, वित्त, अन्य, लघुवित्त समुह दोहोरो अंकले उकालो लाग्दा वाणिज्य बैंक र होटल समुह सामान्य अंकले ओरोलो लागे ।

यसदिन १ सय २९ कम्पनीको शेयर मुल्य बढ्दा ३८ कम्पनीको घट्यो ।

कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडले सबैभन्दा बढि कमाउँदा मल्टिपर्जाेज फाईनान्स कम्पनी लिमिटेडले सबैभन्दा बढि गुमायो ।

यसदिन २ सय ७ कम्पनीको १ करोड ३२ लाख कित्ता शेयर ५ अर्ब ९१ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।