
काठमाडौं, पुस २९ । चालु आर्थिक वर्षको पाँचौ महिनामा विप्रेषण आप्रवाहमा वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार मंसिर मसान्त सम्ममा विप्रेषण आप्रवाहमा करिब ११ प्रतिशतले वृद्धि भई ४ खर्ब १६ अर्ब ८१ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो ।
अघिल्लो वर्ष भन्दा यस वर्ष फलफूल, घ्यू तथा तेल, तरकारी र दाल तथा गेडागुडीको मूल्य १४ प्रतिशतसम्म बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तै यसै अवधीमा आयात घट्दा निर्यातमा सुधार भएको राष्ट्र बैंकले जनाएको छ ।
वस्तु निर्यात ५.१ प्रतिशतले वृद्धि भई ५० अर्ब ६ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २७.० प्रतिशतले वृद्धि भएको थियो ।
यसै अवधीमा वस्तु आयात ९.६ प्रतिशतले घटेर ५ खर्ब २५ अर्ब ५० करोड कायम भएको नेपाल राष्ट्र बैंकको तथ्याकं छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४ दशमलब २ प्रतिशतले घटेको थियो ।
यसै अवधीमा शोधनान्तर स्थिति १ खर्ब ०६ अर्ब ४८ करोडले बचतमा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ३० करोडले बचतमा रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्