१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ईमेज च्यानल २४ औं वर्षमा प्रवेश, चाँडै एचडी प्रविधिमार्फत् प्रशारणमा आउने


0
Shares

image 24rth anniversary

काठमाडौं, माघ १ । नेपालको पहिलो निजी प्रशारण संस्था इमेज च्यानलले चौबीसौं स्थापना दिवस एक कार्यक्रमका बीच सम्पन्न गरेको छ ।

ईमेज च्यानलको आफ्नै कार्यालय, काठमाडौं, पानीमोपखरीमा गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष एवं प्रबन्ध निर्देशक आर के मानन्धरले संस्था स्थापनाका शुरुवाती दिनहरुको स्मरण गर्दै यहाँसम्म आइपुग्न सघाउनुहुने सबैमा हार्दिक आभार व्यक्त गर्नुभयो ।

उहाँले चाँडै नै नयाँ प्रविधि एचडीमार्फत् ईमेज टेलिजनको प्रशारण आम दर्शकबीच ल्याउने प्रतिवद्धता व्यक्त गर्दै सोच्दै नसोचेको कोरोना महामारीका बीचमा पनि संस्थालाई सहयोग गर्ने सबैप्रति अनुगृहित छु भन्नुभयो ।

कठिन दिन र चुनौति बाँकी रहेको भन्दै उहाँले सबैको साथ र सहयोगबाटै संस्थालाई अझ परिष्कृत र सुदृढ बनाइदै लगिने बताउनुभयो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत लक्ष्मण हुमागाईंले चाँडै नै एचडी प्रविधिमा नयाँ कार्यक्रम र विषयवस्तुसहित आउने प्रतिवद्धता जनाउनुभयो । उहाँले निजी क्षेत्रको पहिलो प्रशारण संस्था ईमेजलाई अझ समृद्ध र बलियो बनाउन सबैको साथ आवश्यक रहेको पनि बताउनुभयो ।

कार्यक्रममा कोरोना महामारीको समयमा पनि निरन्तर सेवा गरेका कायाृलयका पत्रकार कर्मचारीहरुलाई प्रशंसा पत्रका साथ सम्मान गरिएको थियो ।

२०५३ सालमा नेपाल टेलिभिजनमा डेढ घण्टाको समय लिएर कार्यक्रम थालेको ईमेज च्यानलको हाल टेलिजनका अतिरिक्त दुई वटा एफएम, ईमेज एफएम ९७.९ र न्यूज एफएम १०३.६ तथा अनलाइन पत्रिका ईमेजखबर डटकम रहेको छ ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष ईन्दिरा मानन्धर, मोहनचन्द्र सिंह, निर्देशक राज मानन्धरलगायत विभिन्न शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।