२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


लमजुङमा चन्दा संकलनबाट पुल निर्माण


0
Shares

लमजुङ, माघ १ । लमजुङमा स्थानीयले चन्दा संकलन गरेर अस्थायी पुल निर्माण गरेका छन् ।

संघीय सरकारबाट लमजुङको मस्र्याङ्दी नदीमा पुल निर्माणका लागि बजेट विनियोजन भए पनि काम सुरु नभएपछि स्थानीय आफैंले चन्दा संकलन गरेर अस्थायी पुल निर्माण गरेका हुन् ।

मस्र्याङ्दी गाउँपालिका–४ ताघ्रिङ र वडा नं. ५ घेर्मु जोड्ने मस्र्याङ्दी नदीमा सडकपुल बनाउन वि.स. २०७३ सालदेखि लगातार बजेट विनियोजन हुँदै आए पनि पुल निर्माण हुन सकेको छैन् ।

स्थानीयले काठको अस्थायी पुल निर्माण गरेपछि मस्र्याङ्दी गाउँपालिका– ५ घेर्मुमा पहिलो पटक मोटर पुगेको छ ।

स्थानीयले दुई लाख ७८ हजार ६ सय १५ रुपैयाँ खर्च गरेर पुल निमार्ण गरेका हुन् ।