
काठमाडौं, माघ १ । काठमाडौं महानगरपालिकाले स्थानीयसँगको छलफलमै कमलपोखरीको पुनःनिर्माणको काम भैरहेको जिकिर गरेको छ ।
कमलपोखरी पुनःनिर्माणका क्रममा ऐतिहासिक र पुरातात्विक महत्व मास्दै ढुंगा र कंक्रिट प्रयोग भएको भन्दै जनगुनासो बढेको छ ।
महानगरपालिकाले स्थानीयसँगको छलफल अनुरुपको पूर्वनिर्धारित डिजाइनले नै निर्माणकार्य अघि बढाइरहेको भन्दै पोखरीको ऐतिहासिकतालाई जोगाउन महानगर गम्भिर रहेको स्पष्ट पारको छ ।
कमलपोखरीमा हरेक वर्ष छठ पर्वको दिन छठ पुजा गरिदै आएको छ ।
छठ पुजा गर्न मण्डप निर्माण गर्ने स्थानीयसँगकै सहमति अनुरुप निर्माण गर्दा पोखरीको चारैतर्फ घाट निर्माण गर्दा केही ढुंगा र सिमेन्ट प्रयोग गर्नुपरेको अन्यथा ढुंगा सिमेन्टको प्रयोग नभएको महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।
खाली जमिन तथा पैदल हिड्ने ठाउँमा सिमेन्ट प्रयोग नगरिएको उहाँको भनाइ छ ।
उहाँले पोखरीमा आकाशे पानी जम्मा गरेर पठाइने बताउनुभयो ।
पानीलाई जमेर बस्न नदिनेगरि पानी भित्रिने तथा बाहिरिने व्यवस्था गरिने र पोखरीको पानीलाई गुणस्तरीय बनाउने प्रविधि पनि अपनाइने बताउनुभयो ।
करिब ७ करोडको लागतमा पुननिर्माण हुन लागेको कमलपोखरी आगामी वैशाखसम्ममा सर्वसाधारणका लागि खुल्ला गर्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्