दोलखामा भूकम्पको धक्का • Image Khabar Image Khabar


दोलखामा भूकम्पको धक्का


Imagekhabar
१ माघ २०७७, बिहीबार १८:५५

दोलखामा भूकम्पको धक्का

काठमाडौं, माघ १ । बिहीबार दोलखामा साँझ भूकम्प गएको छ ।

दोलखाको जुगुमा केन्द्रबिन्दू बनाएर साँझ ५ बजेर २५ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक राजश बर्माले जानकारी दिनुभयो ।

उहाँले ४ रेक्टर स्केलको भूकम्प गएको बताउनुभयो ।

यो भूकम्पको धक्का २०७२ साल वैशाख १२ गते गएको गोरखा भूकम्पकै पराकम्पन हो ।

अहिलेसम्म गोर्खा भूकम्पका ४ रेक्टर स्केलदेखि माथिका ५ सय ५० वटा पराकम्पन आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्