
काठमाडौं, माघ १ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस सम्बद्ध विद्यार्थी संगठन (नेविसंघ)ले बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।
प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक भन्दै शंकरदेव क्याम्पसका नेविसंघ सम्बद्ध बिद्यार्थीहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी बिद्यार्थीहरुले मुखमा कालो मास्क, निधारमा कालो फिता र त्यसमा नारा लेखेर प्रदर्शन गरेका थिए भने शरीरमा नारा लेखिएको कालो कपडा लगाएका थिए ।
युवा विद्यार्थीले ‘भ्रस्टाचारि केपी ओली मुर्दावाद, खोक्रो राष्ट्रवाद बन्द गर, असंवैधानिक कदम खारेज गर, विद्यार्थीको एउटै स्वर सरकार भित्र चोरै–चोर’ जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।
विरोधसभालाई सम्बोधन गर्दै नेबिसंघ महामन्त्री बलदेव तिमल्सिनाले के पि ओलिले ब्यप्त भ्रष्टाचार लसि लुकाउन र खुलेआम भ्रष्टाचार गर्न संविधान विपरित प्रधानमन्त्रीले सम्सद विघटन गरेको भन्दै अहिलेको कदम अधिनायकवाद र प्रतिगामी भएकोले विरोधका कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् ।
नेपाल विद्यार्थी संघ संकरदेव क्याम्पस द्वारा आयोजीत प्रतिकात्मक बिरोध प्रदर्शन कार्यक्रम को सम्योजन नेता दिपक ओझाले गरेका थिय भने बिभिन्न रचनात्मक तथ्स प्रतिकात्मक नाराहरु सहित कालो कपडाले शरीर बेरेर संघका नेताहरु दिपक ओझा, सुदिप बनाडी, दिल सैनाई, सुनिल पराजुली, आदित्य काफ्ले समेत ५ जना सडकमा सुतेका थिए ।
संघका नेता मिलन खतिवडाले सन्चालन गरेको बिरोध सभामा संघका महामन्त्री युबराज पाण्डे, पुर्ब केन्द्रीय सदस्य हरु सुशील भट्ट, रत्नहरी ढुंगेल, नेताहरू बिपिन अधिकारी लगाएतले असंबैधानिक कदमका बिरुद्ध शसक्त प्रतिबाद गर्नुपर्ने बताएका थिए ।
नेबिसंघले शुक्रबार केन्द्रीय परिपत्र बमोजिम देशभर दौड जुलुस गर्दै छ ।
प्रतिक्रिया दिनुहोस्