
काठमाडौं, माघ २ । नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठक भारतको नयाँ दिल्लीमा बसेको छ ।
भारतीय विदेश मन्त्रालयको हैदरावाद हाउसमा भएको बैठकमा दुई देशका परराष्ट्र मन्त्रीले बैठकको संयुक्त अध्यक्षता गर्नुभएको छ ।
नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश मन्त्री एस जयशंकरले बैठकको संयुक्त रुपमा अध्यक्षता गर्नुभएको हो ।
आयोगको बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयसहित व्यापार, पारवहन, ऊर्जा, सिमाना, कोभिड–१९ सहयोग, भौतिक पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन एवं संस्कृतिबारे छलफल हुनेछ ।
बैठकमा दुबै देशका परराष्ट्र, वाणिज्य, अर्थ, जलस्रोत, ऊर्जा र रेल मन्त्रालयरविभागका उच्च अधिकारी पनि सहभागी भएको छन् ।

बैठकअघि नेपालका परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेश मन्त्री जयशंकरबीच अलग्गै छलफल पनि भएको थियो । तस्वीरः नयाँ दिल्लीस्थित नेपाली दूतावास
प्रतिक्रिया दिनुहोस्