१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल–भारत पेट्रोलियम पाइपलाइनमा प्वाल पारेर चोरियो डिजेल !


0
Shares

petrolium pipeline india desel theft

काठमाडौं, माघ २ । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनमै प्वाल पारेर डिजेल चोरी भएको छ ।

भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार चोरले चार फिट तल गाडिएको पाइपमा प्वाल पारेर तेल चोरेका हुन् ।

मोतीहारी अमलेखगञ्ज पाइपलाइनअन्तर्गत नेपाली सीमाभन्दा एक सय किलोमिटर पर बिहारको सिवान जिल्लाको नविगञ्जमा पाइपलाइन फुटाएर हजारौं लिटर डिजेल चोरी गरिएको दावी नवभारत टाइम्सको छ ।

डिजेल चोरीको घटना तेल चुहिएर खेतभरी भएपछि भारतीय अधिकारीहरुले थाहा पाएको र घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिइएको दाबी गरिएको छ ।

चोरले मुख्य पाइपमा प्वाल पारेर तेल निकाल्न अर्को पाइप जोडेको र त्यसलाई अरुले नदेख्ने गरी जमिनको सतहभन्दा तलै लुकाईको पनि जनाइएको छ ।

यता, नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने पाइपलाइनमा आक्रमणको जानकारी भए पनि डिजेल नै चोरी भएको विषयमा जानकारी नभएको सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छन् ।

महत्वाकांक्षी मानिएको भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म निर्माण गरिएको ६९.२ किलोमिटर पेट्रोलियम पाइपलाइनको गत वर्ष भदौ २४ मा नेपाल र भारतका प्रधानमन्त्री केपी ओली र नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।