१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पिएसजीका प्रशिक्षकलाई कोरोना संक्रमण


0
Shares

काठमाडौं, माघ ३ । फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का प्रशिक्षक माउरिसिओ पोकेतिनो कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएसँगै आइसोलेशनमा गएका पोकेतिनोले लिगमा अबका दुई खेल गुमाउने भएका छन् ।

पोकेतिनो जनवरीको सुरुमा पिएसजीको प्रशिक्षकको रुपमा अनुबन्दित भएका हुन् ।

त्यसअघि उनी टोटनह्यामको प्रशिक्षक थिए ।

गत बुधबार पोकेतिनोले प्रशिक्षकका रुपमा पिएसजीबाट मात्रै तेस्रो खेलमै आफ्नो प्रशिक्षकण कालको पहिलो उपाधि जितेका थिए ।

कोरोना भाइरसको संक्रमण मुक्त नहुन्जेल पोकेतिनोको स्थानमा उनका सहयोगीहरुले जिम्मेवारी सम्हाल्ने छन् ।