
काठमाडौं, माघ ३ । बेलायतमा लगाइएको प्रतिबन्दलाई थप कडाइ गरिएको छ ।
कोरोना भाइरसको नयाँ स्वरुप देखापरेपछि बेलायतमा कही सातादेखि प्रतिवन्द लगाउन थालिएको हो ।
बेलायत प्रवेश गर्ने अन्य देशका नागरिकमाथि कडाइ गरिएको छ भने आप्रवासी कामदारहरु पनि स्वदेश फर्कन थालेका छन् ।
प्रधानमन्त्री बोरिस जोनसनले कोरोना नियन्त्रणका लागि बेलायतका सबै नाकाहरुमा कडाइ गरिएको बताउनुयभो ।
सो प्रतिवन्द आगामी फेब्रुअरीसम्म जारी रहने बीबीसीले जनाएको छ ।
यस्तै अन्य मुलुकबाट बेलायत प्रवेश गर्नेहरुले अनिवार्य रुपमा कोराना परीक्षण गरेर निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी बेलायत प्रवेश गरेका नागरिकहरुलाई १० दिन अनिवार्य क्वारेन्टिनमा राख्ने व्यवस्था गरेको समाचारमा जनाइएको छ ।
यसैबीच गत वर्षदेखि सुरु भएको कोरोना महामारीका कारण विश्वमा २० लाख भन्दा बढीको मृत्यु भएको छ ।
त्यसैगरी विश्वभर कोरोनाका कारण नौ करोड ३० लाख भन्दा बढी मानिस संक्रमित भएका छन् ।
जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार युरोपमा ६ लाख ५० हजार भन्दा बढी सर्वसाधारणको कोरोनाका कारण मृत्यु भएको छ ।
यता संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले महामारीको सामना गर्नविश्वव्यापी ऐक्यवद्धताको खाँचो रहेको बताउनुभएको छ ।
महासचिव गुटेरसले विश्व्यापी समन्वयको अभावले अझै पनि महामारी नियन्त्रणमा आउन नसकेको बताउनुभएको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्