
तेह्रथुम, माघ ३ । तेह्रथुमको पर्यटकीय गन्तव्य तिनजुरेमा तरेबा हिम तथा पाहुन घरमा पर्यटक तथा स्थानियको आर्कषण बढ्न थालेको छ ।
मौलिक परिकार तथा रेस्टुरेन्ट हरुमा पाइने परिकारहरुले गर्दा पाहुना घरमा आर्कषर्ण बढेको हो ।
लिम्बु समुदायको मौलिक परिकार याक्थुङ चा को प्रर्बधन गर्ने उद्देश्यका साथ पाहुना घर सुरु गरिएको हो ।
विभिन्न मेला, हाट र पर्वहरुमा मात्रै मौलिक परिकारहरुको आकर्षण रहेको हुँदा पाहुना घर सञ्चालनमा आएपछि मौलिक परिकार रुचाउनेहरुका लागि सहज बनेको छ ।
भाषा, लिपी, कला, संस्कार संस्कृतिका साथै खानपिन पनी छुट्टै किसिमको रहेकाले आन्तरिक पर्यटहरु पाहुना घरमा जाने गरेको सञ्चालक बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्