
काठमाडौं, माघ ३ । आन्तरिक राजस्व विभागमा अन्त:शुल्क स्टिकरको मौज्दात सकिँदै गएपछि विभागले गत साउनमा जनक शिक्षा सामग्रीसँग अन्त:शुल्क स्टिकर छाप्ने सम्झौता गरेको थियो ।
सोही सम्झौता अनुसार जनक शिक्षा सामग्रीले गत साउनदेखि चुरोट र मदिराका लागि अन्तशुल्क स्टिकर छाप्दै आएको छ ।
अल्पकालिन आवश्यकताका लागि मात्रै जनक शिक्षा रोजेको विभागलाई कम्पनीले छाप्ने स्टिकरको गुणस्तरमा भने आशंका छ ।
विभागले यसअघि २ पटकसम्म ग्लोबल टेन्डर आह्वान गरेको थियो ।
पटक पटक ग्लोबल टेन्डर आह्वान हुँदा पनि कहिले कम्पनीले काम गर्ने इच्छा नदेखाउने त कहिले स्वदेशी कम्पनीले आफ्नो भाग खोज्दै सर्वाेच्चमा रिट दायर गरेपछि स्टिकरको अभाव हुने अवस्था आएको थियो ।
स्टिकर सकिने अवस्था आएपछि विभागले चुरोटमा लाग्ने ६९ करोड थान अन्तशुल्क स्टिकर छाप्नका लागि गत साउनमा २२ करोड ७७ लाख रुपैयाँमा र ७५ करोड थान मदिराका लागि स्टिकर छपाईका लागि २५ करोड ५६ लाख रुपैयाँमा सम्झौता गरेको थियो ।
राजस्वमा पनि असर नपरोस भन्दै आपूर्ति प्रणाली नरोकिने गरी जनक शिक्षा सामग्री कम्पनीसँग विभागले सम्झौता गरेको हो ।
प्रतिक्रिया दिनुहोस्