३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


तीनदिने भारत भ्रमण पूरा गरि परराष्ट्रमन्त्री स्वदेश फर्कँदै


0
Shares

काठमाडौं, माघ ३ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तीन दिने भारतको भ्रमण सकेर शनिबार अपरान्ह स्वदेश फर्कँदै हुनुुहुन्छ ।

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन उहाँ दिल्ली जानुभएको हो ।

बैठकमा सीमा समस्या समाधानका बारेमा छलफल भएको छ  ।

सुस्तादेखि कालापानी–लिम्पियाधुरासम्मको विवादित सीमाबारे बैठकमा छलफल भए पनि समाधानको मोडालिटीका विषयमा भने छलफल हुन सकेन ।

शुक्रबार भारतको नयाँदिल्लीमा रहेको हैदराबाद हाउसमा भएको बैठकमा नेपालले दुई देशले नयाँ नक्सा जारी गरेपछि उत्पन्न विवाद समाधान गर्दै सम्बन्ध थप सुदृढ र विस्तार गर्नुपर्नेमा जोड दिएको बताइएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध बलियो बनाउन सीमा विवाद वार्ताबाट समाधान गर्नुपर्ने बताउनुभयो ।

भारतले भने सीमा विवादबारे उपयुक्त संयन्त्रमा छलफल गरेर समाधान खोज्नुपर्ने बताएको छ ।

बैठकमा प्रबुद्ध व्यक्ति समूह ईपीजीको प्रतिवेदन, १९५० को सन्धि पुनरावलोकनलगायतका विषयमा पनि छलफल भएको नेपाली दूतावासले जनाएको छ  ।