'न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त छु' • Image Khabar Image Khabar


‘न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त छु’


Imagekhabar
३ माघ २०७७, शनिबार ११:४३

'न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त छु'

काठमाडौं, माघ ३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।

प्रजातन्त्र सेनानी तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का स्व एकनारायण खनालको नवौँ पुण्यतिथिमा शनिबार आयोजित शोकसभालाई सम्बोधन गर्दै उहाँले देशलाई अस्थिरताको भुमरीबाट बचाउन प्रतिनिधिसभा पुनःस्थापन हुनुपर्ने बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले संविधानबमोजिम नै अदालतमा विचाराधीन मुद्दामा फैसला हुनेमा सबै लोकतन्त्रवादी विश्वस्त रहेको बताउँदै मुलुकमा अस्थिरता कायम गरेर विकास रोक्ने षड्यन्त्र भएको हुँदा त्यसलाई चिर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्