
काठमाडौं, माघ ३ । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच शनिबार (आज) बिहान भेटवार्ता भएको छ ।
नयाँदिल्लीस्थित अकबर रोडमा रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता भएको हो ।
भारतीय रक्षामन्त्री सिंहले परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटपछि भारत नेपालको सम्बन्ध केबल सरकारमा मात्रै सीमित नभएर दुई देशका नागरिकबाट अघि बढेको ट्वीटरमा उल्लेख गर्नुभएको छ ।
परराष्ट्रमन्त्री ज्ञवाली नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन बिहिवार दिल्ली जानुभएको हो ।
शुक्रबार उहाँ शनिबार साँझ स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्