१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेकपाको ओली समूहले बृहत कार्यकर्ता भेला गर्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने


0
Shares

काठमाडौं, माघ ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहले शनिबार (आज) बृहत् कार्यकर्ता भेला गर्दैछ ।

तिनकुनेस्थित रोयल बैंक्वेटमा हुने प्रदेश १ का अगुवा कार्यकर्ता भेलामा दाहाल–नेपाल समूहले कार्यकर्ता तहमा पुर्‍याएको भ्रम चिर्ने रणनीति एवं चुनाव केन्द्रित प्रशिक्षण दिन लागिएको बताईएको छ ।

भेलामा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली‚ स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र शहरी विकासमन्त्री प्रभू साहको उपस्थिति हुने बताइएको छ ।

भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि विभाजित बनेको नेकपाको दुबै समूह एकअर्काविरूद्ध उत्रिएका छन् । पुस ५ यताका समानन्तर बैठकले एकले अर्कालाई कारबाही गर्दै आफू नै आधिकारिक भएको दाबीसहित जनसभामा उत्रिएका छन् ।