२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


रौतहटमा चिसोका कारण जनजीवन कष्टकर


0
Shares

रौतहट, माघ ४ । केही दिनदेखि बढेको चिसोका कारण रौतहटको जनजीवन प्रभावित भएको छ ।

चिसोका कारण गरिब बस्तीका बासिन्दाको दैनिकी कष्टकरण बनेको हो ।

चिसोबाट जोगिन स्थानीयले चोक बजारमा आगो बालेर ताप्ने गरेका छन ।

खरको छाना र बाँसको टाँटी भएका व्यक्तिको घरमा चिसोले बस्न समस्या भएपछि आगो बालेर सुत्न विवश भएका हुन ।

रौतहटमा चिसो बढेसँगै रुघाखोकी, ज्वरो, निमोनियालगायतका समस्याहरु देखा परेको छ ।