
काठमाडौं, माघ ४ । निर्वाचन आयोगले मध्यावधि निर्वाचनको लागि माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव गरेको छ ।
राजनीतिक दलसंगको आइतबार भएको छलफलमा आयोगले मतदाता नामावलीसम्बन्धि प्रस्तावित कार्यक्रमअन्र्तगत माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने तथा त्रुटि सच्याउन माघ १६ र १७ गते निवेदन दिने प्रस्ताव गरेको हो ।
नेकपाको दाहाल–नेपाल समूहको तर्फबाट छलफलमा सहभागि नेता राजेन्द्रप्रसाद पाण्डेले संसद विघटनको मुद्धा सर्वोच्च अदालतमा विचाराधिन रहेकाले निर्वाचनका कुनैपनि कार्यक्रम अगाडी नबढाउन आग्रह गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्