 
	    काठमाडौं, माघ ४ । विभागीय टिम त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी भएका छन ।
मुलपानी क्रिकेट मैदानमा आइतबार कर्णाली प्रदेशलाई ८० रनले पराजित गर्दै आर्मीले लगातार दोस्रो जित निकाल्दा बागमतीले प्रतियोगितामा विजयी शुरुवात गर्यो। मुलपानी क्रिकेट मैदानमा आर्मीले दिएको १ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ३३ ओभर ३ बलमा अलआउट हुँदै १ सय १५ रन मात्र बनाउन सक्यो ।
कर्णालीका लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक ३० रन बनाए ।
आर्मीका सुशन भारीले ४ विकेट लिए ।
शाहब आलमले ३ र रोहित पौडेलले २ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४३ ओभर १ बलमा अलआउट हुँदै १ सय ९५ रन बनाएको थियो ।
आर्मीका लागि अनिल मण्डलले ८९ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विनोद भण्डारीले ४१ रन बनाए ।
कर्णालीका दिनेश अधिकारी, राज शाह र दिवन पुनले समान २ विकेट लिए ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गर्दै बागमतीले सुखद सुरुवात गरेको हो ।
पुलिसले दिएको १ सय १२ रनको सामान्य लक्ष्य बागमतीले ३४ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
बागमतीको जितमा पृथु बास्कोटाले अविजित रहदै ४८ रन बनाए ।
यस अघि पहिले ब्याटिङ गरेको पुलिसले २९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ११ रन बनाएको थियो ।
बागमतिका नन्दन यादव र तिलक भण्डारीले समान चार विकेट लिएपछि साविक विजेता नेपाल पुलिस सामान्य योगफलमा समेटिएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्