१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुदूरपश्चिम स्पोर्टस अवार्डको दोस्रो संस्करण आगामी चैत ६ गते हुने


0
Shares

कैलाली, माघ ४ । सुदूरपश्चिम स्पोर्टस अवार्डको दोस्रो संस्करण आगामी चैत्र ६ गते हुने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै अवार्डको दोस्रो संस्करण चैतको पहिलो साता हुने जनाएको हो ।

गत वर्ष पौष १५ गते प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्ड भए पनि यस वर्ष कोरोना संक्रमणका कारण निर्धारित समयभन्दा केही ढिलो गरी अवार्डको तयारी थालिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले अवार्डले सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई आगामी दिनहरूमा देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उत्प्रेरणा प्रदान गर्ने बताउनुभयो ।

वि.स. २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ९ विधामा अवार्ड दिइने जनाइएको छ ।

गत वर्ष ६ विधामा अवार्ड दिएको र यस वर्ष थप ३ गरी ९ विधामा दिइने भएको छ ।

यस बर्ष पिपल्स च्वाईस, सुदूरपश्चिम आइकन महिला र पुरुष विधा यस बर्षदेखि थप गरिएको छ ।

अघिल्लो वर्षजस्तै यस वर्ष पनि उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्डहरू दिइने छ ।