
प्रज्ञा तिमिल्सिना (इमेज)
काठमाडौं, माघ ४ । नेपाल सरकारले कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्न आपतकालिन स्विकृत दिए पनि खोप कहिलेसम्म आइपुग्छ भन्ने अन्यौल अझै कायम छ ।
खोपका लागि नेपालले भारतको मुख ताकेर बसिरहेको छ ।
शनिबार मात्रै भारत भ्रमणबाट फर्कनु भएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारत नेपाललाई खोप दिन तयार भए पनि कति मात्रा र कहिलेसम्ममा दिन्छ भन्ने एकीन जवाफ दिनुभएन ।
विश्व स्वास्थ्य संगठनअन्र्तगत आउने भनिएको कोभ्याक्सले पनि आगामी चैत्र र बैशाखको भाका सारेको छ ।
भारतमा उत्पादन भएको कोभिसिल्ड खोपलाई आपतकालिन प्रयोगका लागि स्विकृत दिए पनि खोप आउने अन्यौता भने कायम नै छ ।
शनिवारदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु गरेको भारतले पहिलो दिन नै झण्डै २ लाख जनसंख्यामा खोप लगायो ।
भारतलाई विश्व कै ठुलो खोप अभियान सुरु गर्ने राष्ट्रको रुपमा हेरिएको छ ।
तर नेपालमा खोप कहिले आउँछ त ? परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली भारतसँग भ्याक्सिन आपुर्तीवारे छलफल भएको बताउनुहुन्छ ।
तीन दिने भारत भ्रमण सकेर शनिवार नेपाल फर्कनु भए मन्त्री ज्ञवालीले खोप ल्याउने विषयमा कुरा भएको भन्दै भारतले नेपाललाई प्राथमितामा राखेको वाहेक अन्य कुरा खोल्नु भएन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आपतकालिन प्रयोगका लागि स्विकृत भएको कोभिसिल्ड खोप नै पहिलो चरणमा नेपाल आउने जनाएको छ ।
अरु खोप ल्याउने तयारी समेत भएको भन्दै मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले पहिलो चरणको तीन प्रतिशत खोप भारतवाट नै आउने बताउनुभयो ।
त्यसका लागि आवश्यक तयारी भईरहेको भन्दै उहाँले खोप कहिले ल्याउने, कहिले देखि अभियानको रुपमा सञ्चालन गर्ने भन्ने विषयमा निर्णय नभएको बताउनुभयो ।
यस्तै विश्व स्वास्थ्य संगठन अन्र्तगत आउने भनिएको कोभ्याक्सले भने चैत्र र वैसाख महिनामा मात्र खोप दिने जनाएको छ ।
मन्त्रालयले कोभ्याक्स वाट निशुल्क आउने खोप अझै तीन महिना नेपाल नआउने जनाएको छ ।
कोभ्याक्सवाट नेपालको जनसंख्याको २० प्रतिशत खोप आउने मन्त्रालयले जनाईएको थियो ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमिक र मृत्यु हुनेको संख्यामा कमि आइरहेको छ ।
शनिवार नेपालमा अहिले सम्म कै कम संक्रमित भेटिए ।
महामारीका कारण १० महिना बन्द रहेका विद्यालय, पार्टी प्यालेस, सिनेमाहल सबै खुल्दैछन् ।
तर जनस्वास्थ्यको मापदण्ड पालनामा भने सरोकारवाला पक्षले चासो देखाएको पाइदैन ।
संक्रमितको संख्या कम भईरहेको अवस्थालाई विज्ञहरुले दोस्रो लहर फैलने संकेतको रुपमा समेत लिएका छन् ।
स्वास्थ्य मन्त्रालयले झन्डै २ करोड खोप भण्डारण गर्ने क्षमता विस्तार गरेको जनाए पनि खोप ल्याउन अन्यौलता कायम नै हुँदा थप समस्या नहोला भन्न सकिदैन् ।
प्रतिक्रिया दिनुहोस्