
काठमाडौं, माघ ४ । विश्व प्रसिद्ध बज्रगुरु छिके छोक्लिङ रिन्पोछेको पार्थिव शरीरलाई नेपाल ल्याइएको छ ।
रिन्पोछे पार्थिव शरीर सिंगापुरबाट काठमाडौं ल्याउन्दा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट शव यात्रा निकालिएको थियो ।
गत १८ डिसेम्बरमा राङजुड येशे ओडियान सिंगापुरमा रिन्पोछेले ध्यान समाधिबाट भौतिक शरिर छोडेको जनाएको छ ।
आइतबार बौद्धको सेतो गुम्बामा कुदुङ स्वागत समारोह गर्दे उहाँको पार्थिव शरीर दर्शनका लागि सर्वसाधारण र बौद्ध धर्मावलम्बीहरुका लागि खुल्ला गरिएको छ ।
विश्वकै एक उच्च स्तरको तन्त्र गुरुको रुपमा रहेको छोक्लिङ रिन्पोछे गुह्यगर्भ तन्त्र ज्ञाता र साधक हुनु हुन्थ्यो ।
२००९ सालमा नेपालमा जन्मनु भएका रिन्पोछेका दुई भाई र छोरा पनि ख्यातिप्राप्त बज्रयानी बौद्ध रिन्पोछेहरु हुन् ।
भारत, अमेरिका, क्यानाडा, रुस लगायतका मुलुकमा उहाँले बुद्ध शिक्षा फैलाउन महत्वपूर्ण योगदान दिनुभएको छ ।
उहाँका बौद्ध धर्मसम्बन्धि पुस्तक समेत प्रकाशित छन् ।
रिन्पोछेको पार्थिव शरीरलाई वर्ष दिनपछि मात्र अन्तेष्टि गरिने जनाइएको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्