४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ कोरोना भाइरस पुष्टि


0
Shares

काठमाडौं, माघ ५ । बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रकारको कोरोना भाइरस पुष्टि भएको छ ।

गत पुष १ गते देखि नेपाल आएका उनिहरुमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ प्रकारको भाइरस देखिएका मध्ये २ जना निको भई घर गएका र १ जना आइसोलेसनमा नै रहेको जानकारी दिनुभयो ।

बेलायतवाट आएका मध्ये ६ जनामा कोरोना संक्रमण देखिएको थियो ।

ति मध्ये तीन जनामा नयाँ प्रकारको भाइरसको संकेत देखिएको भन्दै मन्त्रालयले श्वाव परीक्षणका लागि हंङ्कङ् पठाएको थियो ।

यस मध्ये २८ वर्षकी महिला र ३२ वर्षका पुरुष हाल संक्रमणमुक्त भइसकको तर ६७ वर्षीय पुरुषमा भने अझै पनि संक्रमण कायम रहेको जनाइएको छ ।