१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ओलीले नव फाँसिवादको अभ्यास गरिरहेको बाबुराम भट्टराईको आक्षेप


0
Shares

Baburam Bhattarai

काठमाडौं, माघ ५ । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली वामपन्थीको खोल ओढेर चरम सामन्तवादतर्फ लागेको आरोप लगाउनुभएको छ ।

काठमाडौंमा गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले गरेको कार्यक्रममा भट्टराईले ओलीले नवफाँसीवादको अभ्यास गरिरहेको आक्षेप पनि लगाउनुभयो ।

प्रधानमन्त्री ओलीले राज्यका सबै अंगलाई धम्क्याइरहेको र अदालतसमेत परीक्षाको घडीमा रहेको नेता भट्टराईको भनाइ थियो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले संविधान बचाउने आन्दोलनको नेतृत्व लिन नेपाली कांग्रेसलाई आह्वान गर्नुभयो ।

आन्दोलन वा निर्वाचन भन्नेमा कांग्रेस नअलमलियोस् भन्दै उहाँले निर्वाचन नभई संसद पुनःस्थापना भए पनि कांग्रेसले नै नेतृत्वको अवसर पाउने बताउनुभयो ।

संसद विघटन संविधानमाथिकै प्रहार भएको भन्दै उहाँले संविधानलाई जोगाउन अब कांग्रेसले नै आन्दोलनको नेतृत्व लिनुप¥यो भन्नुभयो ।

एक महिनाअघि पुस ५ मा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि मुलुक राजनीतिक रुपमा विभाजित भएको छ ।