
काठमाडौं, माघ ५ । निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगका तर्फबाट प्रतिवेदन बुझाएको जानकारी दिनुभयो ।
योसँगै आयोगले सरकारले आगामी वैशाख १७ र २७ गते निर्धारण गरेको मध्यावधि निर्वाचनको खर्चबारे छ्लफल तीव्र पारेको छ ।
श्रेष्ठले आइतबारदेखि यस विषयमा अर्थमन्त्रालयका अधिकारीहरुसँग छलफल सुरु गरेको बताउनुभयो ।
श्रेष्ठका अनुसार यो निर्वाचनका लागि करिव ८ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान आयोगले गरेको छ ।
तर खर्चबारेको अन्तिम निचोडसहित अर्थ मन्त्रालयमा पत्र पठाउन बाँकी रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्