
नवलपुर, माघ ५ । जिल्ला प्रहरी कार्यालय नवलपुरले ‘हिरासतमा किताब’ कार्यक्रम सञ्चालन गरेको छ ।
सोमबार गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी घनश्याम अर्यालले ‘हिरासतमा किताब’ कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
गण्डकी प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुखबिच भएको कार्यसम्पादन सम्झौताअनुरुप नवप्रवर्तनात्मक कार्यक्रमअन्तर्गत प्रहरी हिरासतमै पुस्तकालय स्थापना गरिएको हो ।
पुस्तकालय उद्घाटन गर्दै प्रदेश प्रहरी प्रमुख अर्यालले हिरासतमा बसेकाहरुलाई सकारात्कम लेख वा कथाहरुले ज्ञान र उपदेश प्रदान गर्ने भएकाले यो कार्यक्रम सञ्चालन गरेकोे बताउनुभयो ।
यसअघि जिल्ला प्रहरी कार्यालय नवलपुरले विद्याथीसँग प्रहरी कार्यक्रम सञ्चालन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्