Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


वीर अस्पताललाई हेल्थ डेस्क क्लिनिक हस्तान्तरण


0
Shares

काठमाडौं, माघ ५ । वीर अस्पतालमा निर्माण गरिएको हेल्थ डेस्क क्लिनिक औपचारिक रुपमा अस्पताललाई हस्तान्तरण गरिएको छ ।

नेपालमा कोभिडको महामारी फैलिए लगत्तै वीर अस्पतालमा रत्नाग्य, हेल्प नेपाल नेटवर्क तथा न्यू डायमेन्सन, कुलेश्वरको सहयोग तथा वीर अस्पतालको सहकार्यमा ज्वरो नाप्ने कोठा सञ्चालनमा ल्याइएको थियो ।

हेल्थ डेस्क क्लिनिक सोमबारदेखि औपचारिक रुपमा वीर अस्पताललाई हस्तान्तरण गरिएको हो ।

वीर अस्पतालमा बिरामीको चाप बढी हुने, बिरामीलाई सामाजिक दुरी तथा स्वास्थ्य मापदण्डको विषयमा काउन्सिलिङ गर्नुपर्ने, तथा कोभिडको संक्रमित पनि छुट्याउनुपर्ने भएकोले वीरमा उक्त डेस्क स्थापना गरिएको हेल्प नेपाल नेटवर्ककि सचिव लता घिमिरेले जानकारी दिनुभयो ।

हेल्थ डेस्क क्लिनिक अस्पताललाई हस्तान्तरण गरिएसँगै आगामी दिनमा आवश्यक मर्मतसम्भार तथा सञ्चालनमा नियमितता दिन आग्रह गरिएको छ ।

क्लिनिक ३ लाख ७५ हजार रुपैयाँको लागतमा निर्माण भएको हो ।

कुनैपनि उपचारअघि ज्वरो नाप्ने कोठामा ज्वरो नाप्न तथा परामर्श लिन आग्रह गरिएको छ ।