
काठमाडौं, माघ ५ । ईमेज च्यानलमा फागुनदेखि हाँस्यव्यङ्ग्य कार्यक्रम ‘नेता निवास’ प्रसारण हुने भएको छ ।
फागनु पहिलो सातादेखि प्रसारण हुने कार्यक्रमका लागि ईमेज ग्रुप अफ कम्पनिज्को कार्यालय पानीपाखेरीमा सोमबार सम्झौता भएको छ ।
सम्झौतामा च्यानलका तर्फबाट कार्यक्रम महाशाखा प्रमुख सुरेश शर्मा र लेखक, निर्देशक तथा कलाकार घनश्याम गौतमले हस्ताक्षर गर्नुभयो ।
सम्झौता हस्ताक्षर कार्यक्रममा कलाकार गौतमले ‘नेता निवास’ मा समाजमा रहेका विकृति र विसंगतिका साथै राजनीतिक दलका नेताहरुका कमी कमजोरीलाई व्यंग्यात्मक ढंगले प्रस्तुत गरिने बताउनुभयो ।
उहाँले विशेष गरी साताभरिका राजनीतिक परिदृष्यलाई व्यंग्यात्मक ढंगबाट नेताहरुको चालचलन, हाउभाउ तथा पहिरनलाई समेत ध्यान दिएर कार्यक्रम निर्माण गरिने बताउनुभयो ।
उहाँले कार्यक्रममार्फत ईमेज च्यानलमा जोडिन पाउँदा निकै खुशी लागेकोसमेत बताउनुभयो ।
ईमेज च्यानलका कार्यक्रम महाशाखा प्रमुख शर्माले कार्यक्रम नितान्त नौलो भएकाले दर्शकले भरपुर मनोरञ्जन लिने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्