१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बारामा ट्रमा अस्पताल सञ्चालनको अन्तिम तयारीमा


0
Shares

बारा, माघ ५ । बाराको पथलैयास्थित स्वास्थ्य केन्द्रको तालीम केन्दको खाली भवनमा प्रादेशिक ट्रमा अस्पताल सञ्चालनको कामले तिब्रता पाएको छ ।

प्रदेश २ सरकारको तीन वर्ष यताको विकास निर्माणको काममध्ये ट्रमा अस्पताल निर्माण एउटा उपलब्धीमूलक काम रहेको दाबी गरिएको छ ।

प्रदेश सरकारको औचित्यमाथि बहस चल्दै गर्दा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा घोषणा गरी छुटयाएको बजेटबाट तत्कालै स्वास्थ्य साम्रागी, उपकरण खरीद र जनशक्ति तयार गरी अस्पताल सञ्चालन गर्न लागेपछि प्रदेशमै पहिलो प्रादेशिक ट्रमा अस्पताल बन्ने भएको हो ।

राजमार्गको पथलैयास्थित स्वास्थ्य केन्द्रको खाली भवनको सदुपयोग गरेर सेवा सञ्चालन गर्दै जाने र यही आर्थिक वर्षभित्र सेवा बिस्तार गर्ने प्रदेश २ का भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनालले जानकारी दिनुभयो ।

पछिल्लो समय दलका स्थानीय नेता कार्यकर्ताका दबाबका कारण प्रदेश सरकार अस्पताल सञ्चालनको अन्तिम तयारीमा जुटेको दाबी नेताकार्यकर्ताको छ ।