२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक


0
Shares

काठमाडौं, माघ ५ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पुनः स्थगित भएको छ ।

मंगलबार बस्ने तय भएको बैठक माघ १३ गते सम्मलाई स्थगन गरिएको हो ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गरि प्रतिनिधि सभा विघटनविरुद्ध माघ ८ गते देशभरका वडा तहमा गर्ने विरोध कार्यक्रममा नेताहरु सहभागि हुन जिल्ला जाने भएपछि बैठक स्थगन गर्नुपरेको उल्लेख गर्नुभएको छ ।

पार्टी सह महामन्त्री डा. प्रकाशशरण महतले भने पार्टीभित्र देखिएको समायोजन र महाधिवेशन केन्द्रीत विवाद तथा प्रतिनिधि सभा विघठनको विषयमा साझा धारणा बन्न नसक्दा बैठक स्थगन गर्नुपरेको बताउनुभयो ।

पार्टीभित्र प्रतिनिधि सभा पुनःस्थापना कि चुनाव भन्नेमा नेताहरु दुई ध्रुबमा बाडिएका छन् ।

यसअघि पुस २७ गते बस्ने तय भएको कार्यसमिति बैठक सारेर माघ ६ गते बस्ने तय भएको थियो ।